×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झन्डै ३ करोड लगानीमा भक्तपुरमा विश्वकै ठूलो त्रिशुल निर्माण हुने, पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास ! (भिडियो)

PRIME CA

झन्डै ३ करोड लगानीमा भक्तपुरमा विश्वकै ठूलो त्रिशुल निर्माण हुने, पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास ! (भिडियो)

२६ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
भक्तपुर । भक्तपुरको चागुँनारायण नगरपालिकामा विश्व कै अग्लो त्रिशुल स्थापना हुने भएको छ । महाँकाल त्रिशुलडाँडा उपभोक्ता विकास समितिले चागुँनारायण नगरपालिका वडा नं ५ स्थित धार्मिक महत्वको दोलागिरी पर्वतमा अवस्थित मुलकोटगढी महाँकाल त्रिशुलडाँडामा विश्वकै अग्लो त्रिशुल स्थापना गर्न लागेको छ । समितिले त्रिशुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको जानकारी नगरपालिकालाई समेत गराएको छ । 
कुल २ करोड ७० लाख रुपैयाँ लागतमा विश्व शान्ति राष्ट्र कल्याण हेतुले निमार्ण हुन लागेको त्रिशुलको लम्बाई जमिनको सतहबाट एक सय फिट उचाईको हुने छ भने जमिन मुनि करिब साढे आठ फिट हुने छ । भित्रिभागमा फलाम र बाहिरी भागमा तामाको धातुले निमार्ण हन लागेको त्रिशुलको तल्लो भागमा करिब १ सय ५० जना सम्म अट्न सक्ने ध्यान केन्द्र समेत निर्माण हुने समितिका अध्यक्ष श्रीकृष्ण खड्काले जानकारी दिनुभयो । उहाँले पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका माथि आक्रमण गर्ने क्रममा सो स्थानमा मुल गढी भएको कारण पनि मुलकोटगढी सांस्कृतिक र धार्मिक एवं ऐतिहासीक महत्वको भएको बताउनुभयो । उहाँले मुलकोटगढी महाँकालमा विश्व कै अग्लो त्रिशुल स्थापना भएपछि पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने समेत बताउनुभयो ।
चागुँनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले मुलकभर बढ्दो क्रमममा रहेको कोरोना भाइरसको जोखिकका कारण नगरपालिकाले मठ, मन्दिर, पाटी पौवा लगायत निमार्ण गर्ने भन्दा पनि स्वास्थ्य पूर्वाधार निमार्णमा जोड दिएको बताउनुभयो । यद्दपी, मिश्रले कोरोना भाइरस संक्रमणको जोखिम कम हुदैं गए त्रिशुल निर्माणका लागि महानगरले पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।
मुलकोटगढीमा विश्व कै अग्लो त्रिशुल बाहेक ५५ फिट अग्लो गोरखनाथको मन्दिर, मुलकोटगढी द्धार, सत्तल, त्रिशुलडाँडादेखि साँखुसम्म जोड्ने सिडी मार्ग लगायत निमार्ण गर्ने गुरुयोजना समेत रहेको छ । त्रिशुलको शिलान्यास यही मंसिर २२ गते हुने छ भने करिब ९ महिनामा निमार्ण सम्पन्न हुने बताइएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: