
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज (बुधबार) एक सूचना जारी गर्दै मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय भएको जनाएको हो ।
उक्त दिन किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृहका प्रवक्ता सहचक्र बहादुर बुढाले जानकारी दिए । सो दिन सरकारी कार्यालय बन्द रहनेछन् । मंसिर १ गते भाइटिका छ । त्यसको भोलिपल्ट नेवाः समुदायले किजा पुजा अर्थात् भाइ पुजा मनाउने गर्छन । किजा पूजामा म्हः पूजाकै दिनमा जस्तै मण्डप तयार गरी विमिरोदेखि सबै प्रकारका फलफूल राख्ने गरिन्छ ।
त्यसपछि दाजुभाइ दिदीबहीनीले एकअर्कालाई अक्षता, अविर, दहि, चिउरा र पानी राखेको रातो टीका लगाइदिन्छन् । त्यसलाई नेवारी संस्कारमा ‘जाकि सिन्ह’ भनिन्छ । त्यसपछि एकअर्काको दीर्घायूको कामना गर्दै सगुन, उपहार आदि दिने चलन छ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्