
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज (बुधबार) एक सूचना जारी गर्दै मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय भएको जनाएको हो ।
उक्त दिन किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृहका प्रवक्ता सहचक्र बहादुर बुढाले जानकारी दिए । सो दिन सरकारी कार्यालय बन्द रहनेछन् । मंसिर १ गते भाइटिका छ । त्यसको भोलिपल्ट नेवाः समुदायले किजा पुजा अर्थात् भाइ पुजा मनाउने गर्छन । किजा पूजामा म्हः पूजाकै दिनमा जस्तै मण्डप तयार गरी विमिरोदेखि सबै प्रकारका फलफूल राख्ने गरिन्छ ।
त्यसपछि दाजुभाइ दिदीबहीनीले एकअर्कालाई अक्षता, अविर, दहि, चिउरा र पानी राखेको रातो टीका लगाइदिन्छन् । त्यसलाई नेवारी संस्कारमा ‘जाकि सिन्ह’ भनिन्छ । त्यसपछि एकअर्काको दीर्घायूको कामना गर्दै सगुन, उपहार आदि दिने चलन छ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्