Skip to content
LAXMI SUNRISE BANK

वीर अस्पतालका १६ जना चिकित्सकले किन दिए सामूहिक राजीनामा ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । वीर अस्पतालका १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । अस्पतालको आकस्मिक कक्षमा कार्यरत १६ जना चिकित्सकले आज (बुधबार) एक निवेदन लेख्दै सामूहिक राजीनामाको घोषणा गरेका हुन्।
उनीहरुले उपचारमा खटिएका चिकित्सकलाई आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको, ज्यालादारी भनेर अपमानित गर्दै दशैंतिहार भत्तासमेत नदिएर मनोवल गिराउने काम अस्पताल प्रशासनले गरेको आरोप लगाएका छन् । डा. कौशलेन्द्र चौधरी, डा. महेश गिरी, डा. नविन थापा, डा. सलोना श्रेष्ठ, डा. भविन्द्र कार्की, डा. ओजिर दिवान, डा. योगीब्रज लामा, डा. शोभना थापा, डा. कीर्ति गोपाल डंगोल, डा. सन्तोष कुमार साह, डा. राकेशकुमार सिंहलगायतले सामूहिक राजीनामा दिएका हुन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK