
- अर्थ सरोकार सम्बाददाता
विराटनगर। विराटनगर भन्सारबाट चालु आर्थिक वर्षको तीन महिनामा मात्रै १८ हजार टन चामल आयात भएको छ। यो अघिल्लो वर्षको तुलनामा साढे १० हजार टन बढी आयात हो । भन्सार कार्यालय विराटनगरका अनुसार गत वर्षको सोही अवधिमा गत आवको असोज मसान्त सम्ममा यही नाकाबाट ३१ करोड १२ लाख मूल्यको ७ हजार ४ सय ३४ टन चामल आयात भएको थियो । भारतमा रासनमा वितरण गरिएको चामलका कारणले विराटनगर नाकाबाट ५२ हजार टनभन्दा बढी चामल आयात हुनसक्ने प्रक्षेपण व्यवसायीले गरेका छन् ।
भारतमा वितरण गरेको रासनको चामल विराटनगर, वीरगञ्ज र भैरहवाजस्ता मुख्य भन्सारबाट नियमित रूपमा भित्रिरहेको व्यवसायीहरुले दाबी गरेका छन् ‘रासनको चामल प्रशस्त भित्रिएका कारण जिरा मसिनो चामलको मूल्य र विक्रीमा असर परेको छ ।
सोना चामल नेपालमा प्रशस्त भित्रिएपछि जिरा मसिनो खरिद गर्ने पनि सोनामा पल्किएका छन् । गत वर्ष यति बेला प्रति किलो ५६ रुपैयाँमा जिरा मसिनो चामल विक्री गरेको र यस वर्ष पनि यही भाउमा विक्री भइरहेको एक व्यवसायीले जानकारी दिए। ‘हामीले धान खरिद गरेर ९ महिनासम्म गोदाममा राख्यौँ’, तोदीले भने, ‘त्यसको सुक्तीमा घाटा भयो। गोदाम भाडा, श्रमिकको खर्च र ब्याज सबै लाग्यो । अहिले विक्री हुने बेलामा घटेर बेच्नु पर्यो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्