Skip to content
LAXMI SUNRISE BANK

मोरङमा एकैदिन ९ संक्रमितको मृत्यु, रुपन्देहीमा पनि एक अनमीसहित तीन जनाले ज्यान गुमाए

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । मोरङमा एकैदिन ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको विराटनगरमा आठ जना र सुन्दरहरैंचा नगरपालिकामा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । विराटनगरमा मृत्यु भएका आठ जना अस्पतालमा उपचारत थिए भने सुन्दरहरैंचाका संक्रमितको घरमै मृत्यु भएको हो ।
विराटनगरको नोबेल शिक्षण अस्पतालमा पाँच कोरोना संक्रमितको र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा दुई जना र न्यूरो अस्पतालमा एक जनाको मृत्यु भएको हो । यसैगरी रुपन्देहीमा एकजना अनमीसहित तीनजना संक्रमितको मृत्यु भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK