×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अस्पताललाई पैसा तिर्न नसक्दा उठेन संक्रमितको शव, ३ लाख ८४ हजार बढी तिर्न बाँकी

PRIME CA
GLOBAL IME BANK

अस्पताललाई पैसा तिर्न नसक्दा उठेन संक्रमितको शव, ३ लाख ८४ हजार बढी तिर्न बाँकी

१७ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । उपचारको क्रममा उठेको बिलको पैसा तिर्न नसक्दा तिर्न नसक्दा विराट मेडिकल कलेजले कोरोनाका कारण मृत्यु भएका एक पुरुषको शव तीन दिनसम्म आफन्तलाई दिएको छैन । शनिबार बिहान उपचारका क्रममा मृत्यु भएका विराटनगर–३ का ६५ वर्षीय पुरुषको शव अस्पतालले आफन्तलाई नदिएको हो । 
‘भएको पैसा सबै सकियो, अब पैसा छैन,’ मृतककी छोरीले भनिन् ‘ऋण खोज्दा पाइएन, पैसा नतिरेसम्म अस्पतालले शव दिन्न भनेको छ ।’उनका अनुसार अस्पताल भर्ना गर्दा अस्पतालमा एक लाख रुपैयाँ डिपोजिट गरिएको थियो । अस्पतालले ३ लाख ८४ हजार ९३५ रुपैयाँ बाँकी रहेको र त्यो नबुझाएसम्म शव नदिने उनले बताइन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: