बुटवल । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको विकास र परिवर्तनका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । बुटवल मिडिया प्रकाशन प्रालिद्वारा प्रकाशित ‘दैनिकपत्र’ राष्ट्रिय दैनिकको १७औँ वार्षिकोत्सवको उद्घाटन गर्दै उहाँले सञ्चार संस्थाकै कारण प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्न सम्भव भएको धारणा राख्नुभयो । मन्त्री पौडेलले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्दै सञ्चार क्षेत्रको भूमिकालाई अझै सशक्त बनाउन सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा दैनिकपत्र राष्ट्रिय दैनिकका प्रधानसम्पादक तथा कार्यकारी प्रमुख बालकृष्ण चापागाईले दैनिक पत्र मोफसलको उत्कृष्ट पत्रिका भएको बताउँदै संस्थाको उन्नति एवं प्रगतिका लागि सहयोग गर्ने पाठक, विज्ञापनदातालाई आभार एवं धन्यवाद व्यक्त गर्नुभयो ।
संविधानसभाका सदस्य तथा राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले अझै पनि मिडियाको कामलाई सरकारले महत्व नदिएको बताउँदै कोरोनाको महामारीमा समेत मिडिया सञ्चालन गर्दा हुने समस्या र राहतका बारेमा कसैले नसोधेको गुनासो गर्नुभयो । मानव अधिकार तथा शान्ति समाजका वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैको पहल आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा लेखक तथा साहित्यकार झपेन्द्र जिसीले स्वदेशमा काम गर्ने सोंच निर्माण नहुँदासम्म आर्थिक अवस्था चलायमान नहुने धारणा राख्नुभयो । बुटवल उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष विमलराज भट्टराईले कोरोनाका कारणले उद्योग व्यवसाय बन्द हुँदा बेरोजगारी बढ्दै गएको र कृषिमा लगानी नहुनुले पनि आर्थिक अवस्था चलायमान नभएको विचार राख्नुभयो ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले कोरोनाका कारणले पर्यटन व्यवसाय उठ्न नसक्ने गरी थला परेको जनाउँदै पर्यटन व्यवसायलाई बचाउनका लागि सरकारले कुनै राहतको कार्यक्रम नल्याएको दुखेसो गर्नुभयो । कार्यक्रममा प्राध्यापक लीलाबल्लभ ढकाल, लेखक तथा अर्थस्तम्भकार माधवकुमार पौडेल, दैनिकपत्रिका प्रबन्ध सम्पादक ऋषि आजाद, कार्यकारी सम्पादक सिपी खनाललगायतले कोरोना कारण मिडियामा भएको असर कम गर्न सरकारले विशेष योजना बनाउनुपर्ने बताउनुभयो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्