- अर्थ सरोकार सम्बाददाता
पाल्पा । पाल्पामा एक महिलामाथि कुटपिटपछि लुटपाट गरेर तीन जना अपरिचित व्यक्ति फरार भएका छन् । सोमबार मध्यराति रामपुर नगरपालिका ८ ढकालचौपारीका ६९ वर्षीया मोहन कुमारी श्रेष्ठको घरमा लुटपाट भएको हो।
प्राप्त भएको जानकारी अनुसार घरमा मध्यराति तीन जना अपरिचित व्यक्ति आएका थिए । ‘पानी खान भन्दै घरभित्र छिरेका तीन जना अपरिचित व्यक्तिले लुटपाट गरेर भागेका छन्,’ प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिए ।
प्रहरीका अनुसार श्रेष्ठको घरबाट तीन लाख रूपैँया र करिब ९ लाख ५ हजार बराबरको सुनका गरगहना लुटेर उनीहरु भागेका हुन्। उनीहरूले ती महिलामाथि कुटपिट समेत गरेको प्रहरी नायब उपरीक्षक गिरीले बताए। अहिले ती महिलाको अवस्था सामान्य रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्