
- अर्थ सरोकार सम्बाददाता
नवलपुर । नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिकाका कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टी भएपछि नगरपालिका बन्द गरिएको छ । नगरपालिकामा कार्यरत चार कर्मचारीमा बिहीबार कोभिड सङ्क्रमण पुष्टी भएपछि नगरपालिकाबाट प्रवाह गरिने सेवा एक हप्ताका लागि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले जानकारी दिनुभयो ।
आगामी कात्तिक २६ गतेसम्म नगरपालिका बन्द रहने भए पनि अत्यावश्यकीय सेवा प्रवाह भने नरोकिने पुरीले बताउनुभयो । नगरपालिलकामा कार्यरत कुन तहका कर्मचारीमा कोभिड सङ्क्रमण देखिएको भन्नेबारे भने नगरपालिकाले खुलाएका छैन । नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा प्रवाह बन्द गरिएको भए पनि नगरपालिकाका सबै वडा कार्यालयहरु भने खुला रहने प्रमुख प्रशासकीय अधिकृत पुरीले बताउनुभयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्