
- अर्थ सरोकार सम्बाददाता
अर्घाखाँची । अर्घाखाँचीमा मापदण्ड विपरीत सञ्चालनमा रहेका ३ वटा क्रसर उद्योग बन्द भएका छन् । प्राकृतिक स्रोत साधनहरुको दोहन बढेको भन्दै बिना दर्ता सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यलयहरुलाई परिपत्र गरेको थियो । गृह मन्त्रालयको परिपत्र अनुसार अर्घाखाँची जिल्लामा रहेका ३ वटा क्रसर उद्योगहरुले तोकिएको मापदण्ड पूरा नगरेकाले मापदण्ड पूरा नहुन्जेलसम्मका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए ।
जिल्ला भित्र ढुंगा, गिट्टी तथा बालुवाजन्य कति उद्योग सञ्चालनमा रहेकोमा मापदण्डअनुसार भए–नभएको, सरकारलाई राजस्व बुझाए–नबुझाएको र दर्ता भए–नभएको, वातावरणीय प्रभाव मुल्यांकन भए नभएको आदि मापदण्ड हेर्दा प्रकृया नपुगी सञ्चालनमा रहेको देखिएपछि बन्द गरिएको प्रजिअ पौडेलले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्