×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सङ्खुवासभाका दुई हजार घरधुरीको फुसको छानो हट्ने, जस्तापाता लगाउन अनुदान उपलब्ध गराउने

PRIME CA
GLOBAL IME BANK

सङ्खुवासभाका दुई हजार घरधुरीको फुसको छानो हट्ने, जस्तापाता लगाउन अनुदान उपलब्ध गराउने

२० कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

किमाथाङ्का । सङ्खुवासभाका १० वटै स्थानीय तहका एक हजार ९८० घरधुरीका फुसको छाना हट्ने भएको छन् । शहरी विकास मन्त्रालयले गरीब तथा विपन्न समुदायका लागि ‘सुरक्षित नागरिक आवास’ कार्यक्रमअन्तर्गत जिल्लाका स्थानीय तहमा फुसको छानो हटाउन थालेको सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाले जनाएको छ ।
सरकारले नागरिकका घरको फुसको छानो भएकाहरुलाई जस्तापाता लगाउन अनुदान उपलब्ध गराउने भएको छ । सुरक्षित नागरिक आवास कार्यक्रमले घरमा फुसको छानोमुनि बस्न बाध्य गरीब तथा विपन्न समुदायको अवस्थाको चाँडै अन्त्य हुने सुरक्षित नागरिक आवास समन्वय समितिका संयोजक तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले जानकारी दिनुभयो । फुसको छानो भएकै कारण हरेक वर्ष आगलागीको विपत्ति निम्तिने गरेको स्मरण गराउँदै सरकारले फुसको छानो विस्थापन गरी जस्तापाता लगाउन यस्तो अनुदान कार्यक्रम ल्याएको सांसद गौतमले जानकारी दिनुभयो । 
खाँदबारीका ३४०, चैनपुरका ३६०, धर्मदेवीका १८६, पाँचखपनका २४३ र मादीका १६५ घरधुरीले जस्तापाताका लागि रकम पाउनेछन् । त्यसैगरी चिचिलाका १२९, भोटखोलाका ६१, मकालुका १४४, सभापोखरीका १६३ र सिलिचोङका १७९ घरधुरीले ‘सुरक्षित नागरिक आवास’ कार्यक्रमअन्तर्गत अनुदान पाउने आयोजनाले जनाएको छ । सुरक्षित आवास निर्माणवापत रु ५० हजार उपलब्ध गराइने छ । सेवाग्राहीलाई पहिलो किस्तास्वरुप रु ३० हजार उपलब्ध गराइने छ । घर निर्माणका लागि जस्तापाता खरीद गरेको बिल भर्पाइ पेश गरिसकेपछि बाँकी रकम पाँच प्रतिशत व्यवस्थापन खर्च कटाएर उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ । सरकारले देशभरका २० हजार घरधुरीलाई सुरक्षित आवासका लागि करीब रु एक अर्ब बराबरको बजेट वितरण गर्न लागिरहेको छ ।- रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: