
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पूर्व राज्यमन्त्री खोभारी राययादव ३ हजार धरौटी तिरेर रिहा भएका छन् । जुवा खालबाट गिरफ्तारीमा परेका पूर्व राज्यमन्त्री खोभारी ३ हजार धरौटी तिरेर रिहा भएका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खोभारीलाई ३ हजार धरौटीमा छाड्ने निर्णय गरेका हुन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुले उनीसहित १० जना जुवाडेलाई पक्राउ गरेको थियो ।
स्वयम्भुस्थित साईली तामाङको घरमा जुवा खेलिरहेको सो समूहबाट महानगरीय प्रहरी वृत्त स्वयम्भुको प्रहरी टोलीले १ लाख ५३ हजार ५ सय नगद समेत बरामद गरेको थियो । खोभारीसँगै काभ्रेका कान्छा तामाङ, देवेन्द्र श्रेष्ठ र विक्रम लामा पनि पक्राउ परेका थिए ।
पूर्वमन्त्रीसहित १० जना जुवाडे जनही ३ हजार धरौटी बुझाएर छुटेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) सोमेन्द्रसिंह राठौरले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्