Skip to content
LAXMI SUNRISE BANK

बैंक अफ काठमाण्डूले १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख इकाई ऋणपत्र जारी गर्ने, धितोपत्र बोर्डले दियो अनुमति

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र जारी गर्न अनुमति पाएको छ । बैंकले १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ हजार रुपैयाँ दरमा १६ लाख इकाई ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोडबाट अनुमति पाएको हो । यसमध्ये ६ लाख ४० हजार इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ९ लाख ६० हजार इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
बैंकले सो ऋणपत्रमा लगानी गर्ने लगानीकर्तालाइ  वार्षिक १०.२५% ब्याजदर दिनेछ । बैंकले १० वर्ष अवधिको ‘बीओके ऋणपत्र–२०८६’ ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट एन्ड बैकिङ लिमिटेडले गर्नेछ । बीओकेले १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न रेटिङ गराइसकेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK