×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अझै ५ स्थानीय तहमा पुगेनन् वाणिज्य बैंकका शाखा, ती कुन-कुन हुन् ? (सूचीसहित)

PRIME CA

अझै ५ स्थानीय तहमा पुगेनन् वाणिज्य बैंकका शाखा, ती कुन-कुन हुन् ? (सूचीसहित)

११ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । अहिलेसम्म वाणिज्य बैंकका शाखा सात सय ४८ स्थानीय तहमा मात्रै पुगेमा छन् । सात सय ५३ वटा स्थानीय तहमध्ये सात सय ४८ तहमा मात्रै वाणिज्य बैंकका शाखा पुग्न सकेका हुन् । 
नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनासम्म पाँच वटा पालिकाबाहेक सबै पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छन् । प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका सबै पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छन् भने प्रदेश १ का एक सय ३७ तहमध्ये ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा शाखा पुगेको छैन ।
यस्तै वाग्मती प्रदेशको धादिङको रुवी भ्याली र नेत्रावती गाउँपालिकामा शाखा पुगेको छैन । कर्णालीमा जाजरकोटको जुनीचाँदै गाउँपालिका र सुदूरपश्चिममा बझाङको काँडा गाउँपालिकामा बैंकको शाखा नपुगेको राष्ट्र बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: