
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । तिहारपछी ब्रोकर कमिसन घट्ने संकेत देखिएको छ । चर्को ब्रोकर कमिसन तिर्नुपरिरहेको भन्दै लगानीकर्ताहरुले चौतर्फी रुपमा आवाज उठाएपछी ब्रोकर कमिसन घट्ने संकेत देखिएको हो । यता नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. भीष्मराज ढुंगानाले तिहारपछि ब्रोकर कमिसन घट्ने दाबी गरेका छन् ।
उनका अनुसार तिहारपछि ब्रोकर कमिसन घटाउन बोर्डसमक्ष पेश गरिनेछ । बोर्डका उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीद्वारा ब्रोकर कमिसन अध्ययन गरेको प्रतिवेदनमासमेत ब्रोकर कमिसन कटौती हुनुपर्ने सिफारिस रहेको बताइएको छ ।
पछिल्लो समय कोरोना संक्रमण कारण लगानीकर्ताहरुले अनलाइनमार्फत सेयर कारोबार गरिरहेका छन् भने भुक्तानीमा पनि विद्युतीय माध्यमको अत्यधिक प्रयोग गरिरहेका छन् । जसकारण लगानीकर्ताहरुले ब्रोकर कमिसन घटाउनेबारे आवाज उठाउँदै आएका थिए । पछिल्लो समय झन्डै ४ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार हुँदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्