×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महासंघको बन्द व्यवसायीद्वारा उल्लङघन, चलाए सार्वजनिक बस

LAXMI SUNRISE BANK
GLOBAL

महासंघको बन्द व्यवसायीद्वारा उल्लङघन, चलाए सार्वजनिक बस

२३ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
विराटनगर । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, प्रदेश १ ले गरेको बन्दको घोषणा व्यवसायीले नै उल्लङघन गरेका छन् । प्रदेश सरकारसँग राहत माग गर्दै आइतबारबाट महासंघले अनिश्चितकालीन बन्दको घोषणा गरेको थियो । तर सार्वजनिक यातायात व्यवसायी महासंघको बन्दमा नेपाल यातायात व्यवसायी महासंघले सहमति जनाएको थिएन् ।
लामो समयको बन्दपछि खुलेको सार्वजनिक यातायता बन्द गर्नुपर्ने अवस्था नरहेको नेपाल यातायात व्यवसायी महासंघ मोरङका अध्यक्ष राजन कँडेलले जानकारी दिए । लकडाउन अवधिको सवारी करमा पूर्ण छुट दिनुपर्ने, बैंकको व्याजमा सहुलियित दिनुपर्ने, कात्तिक मसान्तपछि सवारी करमा विलम्ब शुल्क लाग्ने निर्णय खारेज गर्नुपर्ने मागसहित बन्द आहृवान गरिएको सार्वजनिक यातायात केन्द्रीय प्रदेश १ महासचिव रमेश खत्रीले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी