×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्यटकीय क्षेत्रमा जाने भए यी लक्जरियस गाडी ! पर्यटकले पाउने भए भाडामा पनि विशेष छुट ! (भिडियो रिपोर्ट)

PRIME CA

पर्यटकीय क्षेत्रमा जाने भए यी लक्जरियस गाडी ! पर्यटकले पाउने भए भाडामा पनि विशेष छुट ! (भिडियो रिपोर्ट)

२३ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

काठमाडौँ । देशदर्शन बस सेवा प्रालिले कोभिड–१९ को बढ्दो सङ्क्रमणका बीचपनि शनिबारबाट पर्यटक बस सेवा सुरु गरेको छ । देशदर्शनले १२ करोड रुपैयाँ लगानीमा १६ वटा पर्यटक बस खरिद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अत्याधुनिक सुविधासहित बस सेवा प्रदान गर्ने उद्देश्यले आज (शनिबार) देखि सेवा सूचारु गरेको हो । 
देशका प्रमुख पर्यटकीय स्थलमा दिवा तथा रात्री पर्यटक बस सेवा दिनेगरी पर्यटन बस सूचारु गरिएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा)का अध्यक्ष अच्युत गुरागाईंले बताउनु भएको छ । देशका मुख्यमुख्य पर्यटकीय स्थललाई लक्षित गरेर दिवा तथा रात्रीकालिन बससेवा सञ्चालन गरेकाले पर्यटन विकासमा महत्वपूर्ण हुने पनि उहाँले बताउनुभयो । 
काठमाडौं–पोखरा, काठमाडौं–जनकपुर, काठमाडौं–विरगञ्ज, काठमाडौं–लुम्बिनी, काठमाडौं–चितवन, र चितवन–पोखरामा पर्यटन बस सञ्चालनमा ल्याउने भएकाले आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्ने विश्वास पनि गुरागाईंले व्यक्त गर्नुभयो । उहाँले नयाँ गन्तव्यमा पर्यटन बस सञ्चालन गर्न सरकारी स्तरबाटै सहयोग हुनुपर्ने पनि बताउनुभयो ।
कोभिड संक्रमणका कारण बसमा यात्रा गर्दा सुरक्षाका मापदण्डलाई अनिवार्य पालनागरी यात्रा गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । देशदर्शनले शुभारम्भको एक साता सम्म काठमाडौँदेखि देशका विभिन्न स्थानमा जाँदा भाडादरमा ५० प्रतिशत छुट र काठमाडौँ भित्रिने यात्रुका लागि भाडादरमा २० प्रतिशत छुटको व्यवस्था पनि गरेको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: