×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुटवल पावर कम्पनीको खुद नाफा २५.२०% ले गिरावट, यस्तो छ कारण ! (विस्तृत विवरणसहित)

GLOBAL IME BANK
SHREE KESH

बुटवल पावर कम्पनीको खुद नाफा २५.२०% ले गिरावट, यस्तो छ कारण ! (विस्तृत विवरणसहित)

३० कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड १८ लाख रुपैयाँ रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा २५.२०% ले थोरै हो । कम्पनीले गत वर्षको सोही अवधिमा ६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो । 
चुक्ता पुँजी २ अर्ब ६८ करोड ३८ लाख ८२ हजार रुपैयाँ रहेको बुटवल पावरको जगेडा कोषमा ४ अर्ब ३९ करोड रुपैयाँ छ । यस्तै कम्पनीलको प्रतिसेयर नेटवर्थ २६३ रुपैयाँ ८३ पैसा रहेको छ । बिद्युत बिक्रीबाट हुने आम्दानी र सञ्चालन नाफा घट्दा कम्पनीको खुद नाफामा असर परेको देखिन्छ । विद्युत बिक्रीबाट हुने आम्दानी २० करोड ७७ लाख रुपैयाँबाट घटेर १९ करोड रुपैयाँमा खुम्चिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: