×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जोखिम भत्ता नपाएपछि बुटवलमा ७ डाक्टरले दिए राजीनामा

PRIME CA

जोखिम भत्ता नपाएपछि बुटवलमा ७ डाक्टरले दिए राजीनामा

२७ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत ७ जना डाक्टरले राजीनामा दिएका छन् । अस्पतालमा करारमा कार्यरत ७ जना मेडिकल अधिकृतले राजीनामा दिएपछि उपचार सेवा प्रभावित भएको छ । तीन महिनादेखिको जोखिम भत्ता नपाएको भन्दै उनीहरुले राजीनामा दिएका हुन् ।
लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताललाई जोखिम भत्ता वापतको रकम पठाए पनि आफूहरुले नपाएको एक मेडिकल अधिकृतले बताए । डाक्टरहरुले राजीनामा दिएपछि सामाजिक विकास मन्त्री सुदर्शन बरालसँग पनि छलफल भएको र मन्त्री बरालले तिहारपछि जोखिम भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । तर उनीहरु काममा फर्केका छैनन् । मेडिकल अधिकृतले काम छाडेपछि आईसीयूको उपचार सेवा सेवा प्रभावित भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: