- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बि.ओ.के क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा क्यापिटलको संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो ।
उक्त साधारण सभाले आ.ब. २०७६/७७ को वित्तीय विवरणहरु पारित गर्नुका साथै आ.ब. २०७६/७७ सम्मको सचिंत मुनाफाबाट चुक्ता पूँजी २१,००,००,०००.०० को ४.५ प्रतिशतका दरले हुने रकम ९४,५०,००० नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साथै उक्त साधारणसभाले क्यापिटलले सामुहिक लगानी कोषको कोष ब्यवस्थापन तथा डिपोजिटरी भई कार्य सम्पादन गर्ने गरी उद्देश्य थप गर्ने प्रस्ताव पारित गरेको हो ।