काठमाडौं । उपत्यकामा थप १ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आइतबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार काठमाडौँका १ हजार ३६२ जना, ललितपुरका १६४ जना र भक्तपुरका ९६जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।