
- र्थ सरोकार सम्बाददाता
मोरङ । कालोबजारी गरेकामा सेन्ट्रल मललाई दुई लाख जरिवाना गरिएको छ । मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाद्वारा सञ्चालित सेन्ट्रल मल विराटनगरलाई कालोबजारी गरेकामा बुधबार दुई लाख जरिवाना गरिएको हो ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय विराटनगरले अनुगमनको क्रममा खरिद मूल्यभन्दा दोब्बर बढी मुनाफा राखेर सामान बिक्री गरेको प्रमाणित भएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ ९१० ख बमोजिम उक्त जरिवाना गरिएको कार्यालयका प्रमुख सन्तोष पोखरेलले बताए ।
मलले छुटसहितको बम्पर योजना सर्वसाधारणमा प्रचारप्रसार गरी उपभोक्तालाई भाइमसला काजुमा १११ प्रतिशत मुनाफा राखी बिक्री वितरणको गरेको थियो । कानून अनुसार खरिद मूल्यको २० प्रतिशतभन्दा बढी लिएर सामान बिक्री गर्नु कालोबजारी र ठगी हो । सो मलले तिहारमा प्रयोग हुने भाइमसला काजु बजारबाट एक हजार १६५ प्रतिकेजी खरिद गरी दुई हजार २५० दरले बिक्री वितरण गरिरहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्