×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेन्चुरी कमर्सियल बैंक लिमिटेडको नाफामा ४०.६० प्रतिशतको गिरावट, अधिकांश सूचक पनि कमजोर ! (विस्तृत विवरणसहित)

PRIME CA

सेन्चुरी कमर्सियल बैंक लिमिटेडको नाफामा ४०.६० प्रतिशतको गिरावट, अधिकांश सूचक पनि कमजोर ! (विस्तृत विवरणसहित)

२८ कार्तिक २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड २ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै २२ करोड २ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको हो । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४०.६०% ले कम हो । अघिल्लो वर्ष यस बैंकले ३७ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 
यस्तै यस अवधिसम्म आउँदा बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ १६ पैसाले घटेर १० रुपैयाँ ४७ पैसामा झरेको छ ।भने प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ६४ पैसा रहेको छ । साथै बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः १४.३५% र ४०.९६% ले  गिरावट आएको छ ।  यी दुई सूचकमा गिरावट आउँदा समग्र नाफा प्रभावित भएको देखिन्छ । 
बैंकले निक्षेप संकलन र कर्जा लगानी भने क्रमशः २९.३०% र ८.६७% ले बढाउन सफल भएको छ । ८ अर्ब ४१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको रिजर्भ कोषमा १ अर्ब ८९ करोड रुपैयाँ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: