
- अर्थ सरोकार सम्बाददाता
निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको चुनावी सरगर्मी नमज्जासँग तातेको छ । महासंघको बरिष्ट उपाध्यक्षका लागि किशोर प्रधान र चन्द्र ढकाल मैदानमा छन् भने दुवै समूहहरु विभिन्न गुट उपगुट बनाएर लागिरहेका छन् । सहमतिको सम्भावना लगभग टरेको अवस्थामा कुनै पनि हालतमा चुनाव जित्न दुवै पक्ष लागेको देखिन्छ । तर यहि बीचमा महासंघको विधान नै मिचेर प्रोक्सी बटुलीरहेको भन्दै किशोर प्रधान समूहले चन्द्र ढकाल समूहलाई अनियमितताको आरोप लागेको छ । विधान विपरित सार्वजनिक संस्थाहरुका प्रतिनिधिको प्रोक्सीसमेत आइएमइका स्टाफले लिएको भन्दै किशोर प्रशान समूहले यस्तो गतिविधि रोक्न सम्बन्धित सबैलाई अनुरोधसमेत गरेको छ । विधानमा कसले प्रोक्सी लिन पाउने र कसले नपाउने भन्ने विषयमा स्पष्ट व्यवस्था छ ।

तर कतिपय कम्पनीको प्रोक्सीको हकमा चन्द्र ढकाल समूहले नियम विपरित आफ्नै कम्पनीका कर्मचारीहरुलाई प्रोक्सी लिन लगाएको आरोप किशोर प्रधान समूहको आरोप छ । चन्द्र ढकाल सम्बद्ध कम्पनीका कतिपय कर्मचारीहरुले अरु कम्पनीको प्रोक्सी लिएर निर्वाचनमा धाँदली गर्न खोजेको आरोप किशोर प्रधान समूहको छ।
यता यस विषयमा चन्द्र ढकाललाई सम्पर्क गर्न खोज्दा उनको फोन निरन्तर व्यस्त छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्