×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चुनाव जितेपछि समर्थकले यसरी उचाले चन्द्र ढकाललाई, भने- ‘अध्यक्ष शेखर गोल्छासँग एक ढिका भएर अगाडी बढ्छौं…’ (भिडियो)

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । यता जिल्ला नगरतर्फ किशोरले ५३ र चन्द्रले ५२ मत मात्रै पाएका छन् भने वस्तुगततर्फ ढकालले ५९ र किशोरले ३९ मत पाएका छन् भने एशोसियटमा ८९७ मतमध्ये चन्द्रले ५२२ र चन्द्रले ३७४ मत पाएका छन् ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुन्छ । मतगणनाको नजिताअनुसार चन्द्र समूहबाट उपाध्यक्षमा एक जना र किशोर समूहबाट दुई जना विजयी भएका छन् ।

बाउबाजेको सम्पत्तिकै कारण उद्योगी बनेकाहरुको समूहको नेतृत्वलाई पछार्दै आफैंले गरेर बनेका व्यवसायी ‘चन्द्र ढकाल नेपाल उद्योग वाणिज्य महासंका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष बनेका हुन् । प्रतिष्पर्धी किशोर प्रधानलाई पछी पार्दै ढकालले बरिष्ट उपाध्यक्ष पदमा बाजी मारेका हुन् ।

आफ्नो जीतपछी उनले अब जित–हार भुलेर महासंघलाई बलियो बनाउन अघि बढ्ने बताएका छन् । विहान चुनाव जितेपछि सञ्चारमाध्यमसँग संक्षिप्त प्रतिक्रिया दिँदै ढकालले अब चुनावसँगै प्यानल पनि सकिएको उद्घोषसमेत गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: