×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : च्याउ खेतीमा व्यस्त गोरखाकी सानुमाया थापामगर, चन्द्रागिरि हिल्समा बढ्न थाले आन्तरिक पर्यटक !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : च्याउ खेतीमा व्यस्त गोरखाकी सानुमाया थापामगर, चन्द्रागिरि हिल्समा बढ्न थाले आन्तरिक पर्यटक !

Artha Sarokar

५ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले बजारमा लैजानका लागि फार्ममा उत्पादन भएको सिताके च्याउ टिप्दै गोरखा नगरपालिका–५, ठूलोरिपकी  कृषक सानुमाया थापा मगरदेखि चन्द्रागिरि हिल्समा शुक्रबार घुम्न आएका आन्तरिक पर्यटकसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
बजारमा लैजानका लागि फार्ममा उत्पादन भएको सिताके च्याउ टिप्दै गोरखा नगरपालिका–५, ठूलोरिपकी  कृषक सानुमाया थापामगर । कटुसको मुढामा खेती गरिएको सिताके च्याउ प्रतिकिलो रु ५ सयसम्ममा बिक्री हुने गरेको छ ।
चन्द्रागिरि हिल्समा शुक्रबार घुुम्न आएका आन्तरिक पर्यटक ।
लालझाडी गाउँपालिका शोभाताल क्षेत्रमा रहेको शैलुनमा कपाल काट्दै गरेका युवक । कपाल काट्ने तालिमपछि यहाँका युवाले शैलुन खोलेर परिवारको खर्च धान्दै आएका छन् ।
तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि नवलपुरको बुङ्दीकालीको सीमानासम्मको एघार किलोमिटर खण्डमा हुन लागेको सडक कालोपत्रेको शिलान्यास गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ । उक्त सडक कालोपत्रेका लागि रु २२ करोड ८५ लाख ४१ हजार सात सय ९३ मा ठेक्का लागेको छ । 
धादिङ जिल्लाको सिद्धलेख गाउँपालिका­४ माथिल्लो गौँथलेका किसान कुलबहादुर थापा मगर परिवारको साथ बारीमा गोलभेँडा टिप्दै । गोलभेँडा राम्रो फलेको र भाउ पनि पाएकाले यसपालि किसान खुसी छन् ।
डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल पिपल्लामा तरकारी खेती गर्दै महिला । 

तनहुँको ऋषिङ गाउँपालिका–१ घर भई दमौलीमा सालको पात बिक्री गरेर जीवन निर्वाह गर्ने नन्दकुमारी दवाडीलाई खाद्यान्न सहयोग गर्दै युवा । जापानमा बसोवास गर्दै आएका सुजन लालचनले दवाडीलाई उक्त सहयोग गर्नुभएको हो । 
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– १ महाराजगञ्ज बजारमा नाली निर्माणको काम गर्दै कामदार । पछिल्लो समय महाराजगञ्ज नगरपालिकाले विकास–निर्माणको कामलाई तीव्रता दिएको छ । 
जिल्लाको उच्च हिमाली भेग तथा लेकमा चरणका लागि ल्याइएका भेँडा । जाडो बढेसँगै क्व्होलासोथर गाउँपालिका– ३ स्थित घलेगाउँमा तिनलाई ल्याइएका हो। यतिबेला जाडो छल्न बेँसी झार्ने गरिन्छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी