×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना त्रास : नेपालबाट चीन उड्ने यात्रुले अब डिजिटल स्वास्थ्य स्वघोषणा फारम देखाउनुपर्ने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोना त्रास : नेपालबाट चीन उड्ने यात्रुले अब डिजिटल स्वास्थ्य स्वघोषणा फारम देखाउनुपर्ने

Artha Sarokar

२७ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालबाट चीन जाने सबै विदेशी यात्रुले अव बोर्डिङ पास लिँदा डिजिटल स्वास्थ्य स्वघोषणा फारम देखाउनुपर्ने भएको छ । यात्रुले आफ्नो स्वास्थ्य अवस्थालगायतका अन्य सूचनाहरु खुलाएर निवेदन दिनुपर्ने  काठमाडौंस्थित चिनियाँ दुतावासले जारी गरेको सूचनामा उल्लेख छ ।
सो फारम प्राप्त गर्नका लागि आईजीएम एन्टीवडी टेस्ट र नेगेटिभ न्यूक्लिक टेस्टको प्रमाणपत्र पेश गर्नुपर्छ । यसबाहेक भिसा र अन्य सूचना पनि पेश गर्नुपर्छ । यी सबै कागजात अध्ययन गरेर दूतावासले स्वास्थ्य स्वघोषणा फारम उपलब्ध गराउने दूतावासले जनाएको छ । कोरोना संक्रमण बढेका मुलुकबाट आफ्नो देश जाने यात्रुलाई चीनले पछिल्लो समय निकै कडाइ गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी