Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण पुष्टी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण पुष्टी भएको छ । उनलाई बुधबार कोरोना संक्रमण पुष्टी भएको बताइएको छ । पारिवारिक स्रोतले दिएको जानकारी अनुसार केहीदिन यता अस्वस्थ भएपछि केसीको पीसीआर परीक्षण गरिएको थियो । 
 उनको अहिले ललितपुर स्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । बुटवल रहेका केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँ ल्याई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। अहिले स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK