
- अर्थ सरोकार सम्बाददाता
चितवन । चितवनबाट २४ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनले पाँच लाख १७ हजार १७५ सहित २४ जना जुवाडे पक्राउ गरेको हो । उनीहरुलाई भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको हो ।
स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जुवा ऐनअन्तर्गत कारवाही गरिने कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्