
चितवन । चितवन जिल्ला अदालत बार एसोसिएसनको २१ औँ जिल्ला अधिवेशनमा दुई समूह नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका छन् । आज हुने अधिवेशनले दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । नेतृत्व चयनका लागि बिहान ९ वजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुँदैछ । कार्यसमितिका लागि २७ जना र आठ जनाको केन्द्रिय पार्षदका लागि १६ जनाको उम्मेदवारी परेको छ ।
प्रगतिशील तथा पेशागत कानून व्यवसायी सङ्गठन (पिएलए) र नेपाल प्रजातान्त्रिक कानून व्यवसायी सङ्घ ९डिएलए० निर्वाचनका लागि समूह बनाएर नै निर्वाचनमा लागेका हुन् । अध्यक्षमा पिएलएका रामकृष्ण अधिकारी र डिएलएका डा हरिहर पोखरेल प्रतिस्पर्धामा हुनुहुन्छ । उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । पिएलएका रामचन्द्र देवकोटा, डिएलएका मुन्ना विक्रम खाती र स्वतन्त्रबाट बद्री गौतम हुनुहुन्छ । पिएलए र डिएलएबाट क्रमशः सचिवमा विनोद मिश्र र श्रीराम दवाडी, कोषाध्यक्षमा बद्रीनाथ पण्डित र बलराम पौडेल, सहसचिवमा शोभा भट्टराई र पृथ्वीदेवी सुवेदी हुनुहुन्छ । नेतृत्व चयनका लागि १९८ जनाले मतदान गर्ने बारले जनाएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्