Skip to content
LAXMI SUNRISE BANK

तिहारमा देउसीभैलो खेल्न रोक

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले देउसीभैलो खेल्न रोक लगाएको छ । कार्यालयले जारी गरेको चाडपर्व लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत तिहारमा खेलिने देउसीभैलो खेल्न रोक लगाएको हो। 
१४ बुँदे सो योजनाअन्तर्गत बुँदा नम्बर ३ मा भेला भई गरिने शुभकामना आदानप्रदान, देउसीभैलो, खेलकुदलगायतका क्रियाकलाप सञ्चालन नगर्न अनुरोध गरिएको छ। निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निषेधाज्ञा लागू नभए पनि महामारी नियन्त्रणका लागि चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको बताए। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK