
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिटिजन्स बैंकको साधारणसभा मंसिर २० गते हुने भएको छ । बैंकले ८% बोनस सेयर र ३% नगद गरी कुल ११% लाभांश वितरण गर्ने एजेन्डा पारित गर्न मंसिर २० गते साधारणसभा बोलाएको हो । सभा बैंकको केन्द्रिय कार्यालय, नारायणहिटीपथ काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ ।
बैंकले साधारणसभा गर्न मंसिर ११ गते बुक क्लोज गर्दैछ । मंसिर १० गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । सभामा अन्य बैंंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेको खण्डमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुँदै छ । यस्तै सञ्चालक समितिको वार्षिक प्रतिवेदन पनि पेश हुनेछ ।बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र संशोधन गरिनेछ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड ५५ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्