- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिटिजन्स बैंकको ८% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बैंकको ८% बोनस सेयरमा मूल्य समायोजनपछिको मूल्य २३२ रुपैयाँ निर्धारण भएको छ । सोहि मूल्यलाई आधार मानेर बिहीबार बैंकको सेयर कारोबार खुलेको छ ।
बैंकले मंसिर २० गते बस्ने साधारण सभाको लागि बिहीबार मंसिर ११ गते बुक क्लोज गरेको छ भने मंसिर १० गतेसम्म कायम सेयरधनीले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् । बैंकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ८% बोनस र ३% नगद लाभांश वितरण गर्न लागेको हो ।