
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिभिल बैंकले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले खुद नाफा ३९.१८% ले घटेर ९ करोड ६६ लाख ७८ हजार रुपैयाँ मात्रै कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । गत वर्ष यसै अवधिमा बैंकले १५ करोड ८९ लाख ५० हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
यता यस अवधिमा बैंकको वितरणयोग्य १२ करोड ९९ लाख ७ हजार रुपैयाँ ऋणात्मक रहेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमश: १७.४६% र ३८.८२% ले घटेका छन् । बैंकका यी दुई सूचकमा गिरावट आएपछि खुद नाफा पनि घटेको हो । पहिलो त्रैमासको अन्त्यसम्म ६९ अर्ब ४० करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ९२ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ।
चुक्ता पुँजी ८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोषमा १ अर्ब ६६ करोड १४ लाख ४९ हजार रुपैयाँ जम्मा भएको छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ २१ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ४१ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्