Skip to content
LAXMI SUNRISE BANK

गण्डकीमा कोरोनाबाट एकमहिने शिशुसहित थप ४ जनाको मृत्यु, कति पुग्यो ज्यान गुमाउनेको संख्या ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप चार जनाको मृत्यु भएको छ । कास्कीका तीन र बाग्लुङका एक संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
कास्कीको पोखरा महानगरका ७५ वर्षीय पुरुषको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा आज बिहान निधन भएको हो भने पोखराकै अर्का ५७ वर्षीय पुरुषको पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार राति उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ ।
निर्देशनालयका अनुसार पोखरा महानगरकै नाम नखुलेका ३० दिने शिशुको शुक्रबार दिउँसो निधन भएको छ । बाग्लुङ जैमिनेका २९ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको छ । यससँगै गण्डकीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०० पुगेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK