×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थको ठाडो निर्देशनपछी आतिएका बीमा समितिका अध्यक्ष चापागाईं बीमाको दावी भुक्तानीबारे के भन्छन् ? (भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

काठमाडौँ । कोरोना बीमाको दावी भुक्तानी सात दिन भित्र दिन बीमा कम्पनीहरुलाई बीमा समितिले निर्देशन दिएको छ । कोरोना बीमाको दावी भुक्तानीमा ढिलो हुने गरेको जनगुनासो बढेपछि समितिले निर्जीवन बीमा कम्पनीहरुलाई दावी परेको सात दिन भित्रै भुक्तानी दिन निर्देशन दिएको हो । बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले अर्थमन्त्रालयसँगको छलफल पछि सबै प्रक्रिया सात दिन भित्र पुरा गरी भुक्तानी दिन निर्देशन दिइएको बताउनुभयो । 
यस अघि बिमितको नाम र मिति फरक पर्ने गरेको, परीक्षण गरिएका ल्याबहरु विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नभएको र दोहोरो बीमा भएको पाइएकाले त्यसको प्रमाणिकरण गर्न समय लाग्दा दावी भुक्तानीमा ढिलाई भएको पनि अध्यक्ष चापागाईंले बताउनुभयो । तर अवदेखि प्रमाणिकरणका सबै प्रक्रियाहरु एक साता भित्र पुरा गरी भुक्तानी दिइसक्न निर्देशन दिएको उहाँले बताउनुभयो ।
कुनैपनि बिमितले बीमा दावी गर्दा पीसीआर परीक्षणमा पोजेटिभ भएको रिपोर्ट, संक्रमित भएपछि होम आइसोलेसनमा बसेको प्रमाणित गर्न सम्बन्धित स्थानीय तहको सिफारिस, अस्पतालमा उपचार गराएको खण्डमा अस्पतालमा भर्ना भएको र डिस्चार्ज भएको कागजातसहित नागरिकताको प्रतिलिपि बुझाउनुपर्ने पनि अध्यक्ष चापागाईंले बताउनुभयोे । अहिले सम्म नेपालमा करिब २ हजार व्यक्तिले २० करोड रुपैयाँ बराबरको भुक्तानी पाइसकेका छन् । अहिले पनि बीमा कम्पनीहरुमा करिब १३ हजार दावी परेको अध्यक्ष चापागाईंले बताउनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: