×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कोरोना बीमाबारे सरकारनै मौन, दाबी भुक्तानी गर्न आनाकानी गर्दै बीमा कम्पनीहरु, १४४१ जनाले मात्रै पाए भुक्तानी…!

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । हालसम्म १७ लाख बढीले कोरोना बीमा गरेका छन् । बीमा समितिका अनुसार १७ लाख ७० हजार नौ सय २६ जनाले कोरोना बीमा गरेका हुन् । १७ लाख ७० हजारले कोरोना बीमा गर्दा बीमा कम्पनीहरूले एक अर्ब एक करोड ९१ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । 
यद्यपी एक हजार ४ सय ४१ जनाले मात्रै दाबी भुक्तानी पाएका छन् । नेपालमा अहिले कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्ममा नेपालमा संक्रमितको संख्या १ लाख ७६ हजार पाँच सय पुगेको छ । सोमबार मात्रै झन्डै ३ हजार मानिसमा कोरोना पुष्टी भएको थियो ।
धमाधम संक्रमित थपिँदा पनि कागजात प्रमाणित गर्ने भन्दै बिमा कम्पनीहरुले भुक्तानी दिने काम रोकेका छन् । जसकारण कोरोना बीमा गराएका संक्रमितले उपचारसमेत गर्न पाएका छैनन् । अहिले सरकारले कोरोना बिमालाई अलपत्र छाडिदिएको छ । सरकारले अनुदान नदिएकाले बीमा गराएका संक्रमितलाई भुक्तानी गर्न नसकिएको बिमा कम्पनीहरुको तर्क छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: