×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलालीका ४५ सहित सुदूरपश्चिममा ६० जनामा कोरोना पुष्टी, कहाँ-कति संक्रमित थपिए ? (विवरणसहित)

अर्थ सरोकार

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार

PRIME CA

कैलालीका ४५ सहित सुदूरपश्चिममा ६० जनामा कोरोना पुष्टी, कहाँ-कति संक्रमित थपिए ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
धनगढी । धनगढीमा गरिएको परिक्षणमा थप ६० जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ३३८ नमुनाहरुमध्ये ६० जनामा संक्रमण देखिएको हो ।
अस्पतालका सुचना अधिकारी दिलिप कमार श्रेष्ठले कैलालीका ४५ सहित सुदूरपश्चिममा थप ६० जनामा कोरोना देखिएको जानकारी दिए । उनले कैलालीको धनगढी उपमहानगरपालिकाका २८ जना, लम्कीचुहाँ नगरपालिकाका तीनजना, गोदावरी नगरपालिकाका दुईजना, भजनी नगरपालिकाका तीनजना र बर्दगोरिया गाउँपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको बताए ।
यस्तै कञ्चनपुरको बेदकोट नगरपालिकाका ७ जना, भिमदत्त नगरपालिकाका ६ जना, कञ्चनपुर कै स्थानीय तह नखुलेका एकजना र बाजुराका एकजना गरी ६० जनामा कोरोना पोजेटिभ देखिएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: