×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तत: कोरोना परीक्षण र उपचारको शुल्क लिने निर्णयबाट पछी हट्यो सरकार, गर्यो यस्तो निर्णय

LAXMI SUNRISE BANK

अन्तत: कोरोना परीक्षण र उपचारको शुल्क लिने निर्णयबाट पछी हट्यो सरकार, गर्यो यस्तो निर्णय

२५ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अन्तत: कोरोना परीक्षण र उपचारको शुल्क लिने निर्णयबाट सरकार पछी हटेको छ । चौतर्फी दबाब र आलोचना बढेपछि मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सरकारी अस्पतालमा कोरोना उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतले कोरोना परीक्षण तथा उपचार निः शुल्क गर्न सरकारका नाममा आदेश दिएपछि स्वास्थ्य मन्त्रालयले निःशुल्क परीक्षण गर्नेबारे मन्त्रिपरिषद् प्रस्ताव लगेको थियो । स्वास्थ्य मन्त्रालयको प्रस्ताव अनुसार नै सरकारले परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । 
यसअघि सर्वोच्चले निःशुल्क परीक्षण र उपचार गर्न आदेश दिए पनि सरकारले सबै नागरिकको निःशुल्क परीक्षण एवं उपचार गर्न नसक्ने भन्दै सर्वोच्चको फैसलामाथि पुनरावलोकन निवेदन दिएको थियो । सर्वोच्चले पुनरावलोकन नहुने आदेश सुनाएपछि सरकार कोरोना संक्रमितको परीक्षण तथा उपचार निः शुल्क गर्न बाध्य भएको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी