×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीपी प्रतिष्ठानमा कोरोनाका कारण ९ वर्षीया बालिकासहित दुई जनाको मृत्यु

PRIME CA
GLOBAL IME BANK

बीपी प्रतिष्ठानमा कोरोनाका कारण ९ वर्षीया बालिकासहित दुई जनाको मृत्यु

१९ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
सुनसरी । कोरोना संक्रमणका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–६ की ९ वर्षीया बालिका र धरान–१ की ६१ वर्षीया महिला छन् ।
कात्तिक १७ गते कोरोना पुष्टीपछि १८ गते कोभिड अस्पतालमा भर्ना गरिएको बालिकाको बुधबार बिहान पौने ४ बजे मृत्यु भएको हो भने असोज ३० गते कोरोना पोजिटिभ देखिएकी धरान–१ की महिलालाई कात्तिक ५ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । 
उनको बुधबार बिहान सवा ३ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: