
काठमाडौं । डडेल्धुरा आन्तरिक राजस्व कार्यालयले कर नतिर्ने व्यवसायीलाई ब्याज मिनाह गर्ने भएको छ । लामो समयदेखि कर विवरण नबुझाएका व्यवसायीलाई जरिवाना, थप दस्तुर र ब्याज नपर्ने कार्यालयले जनाएको छ ।
कार्यालयले सूचना जारी गर्दै विसं २०७५ असार मसान्तसम्म भ्याट विवरण पेश नगर्ने करदातालाई यस वर्षको फागुनसम्मको समय तोकेको छ । विसं २०७७ फागुन मसान्तभित्र कर विवरण बुझाएमा तिर्नुपर्ने जरिवाना, थप दस्तुर र पाँच प्रतिशत व्याजसमेत नतिर्नुपर्ने सूचनामा उल्लेख छ ।
अगामी फागुन मसान्तसम्म मात्र योजना रहेको र यसको लाभ उठाउन व्यवसायीलाई आह्वान गरिइएको छ । यसैबीच कार्यालयले कर नबुझाउने ७४ जना व्यवसायीको सूची सार्वजनिक गरेको छ । सूचीमा अमरगढी नगरपालिका प्रमुखलगायत विभिन्न व्यक्ति रहेका जनाइएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्