×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दाङमा ‘स्मार्ट छोरी, बिहेवारी बीस वर्षपारी’ कार्यविधि पारित, २० वर्षसम्म छोरीको बैंक खातामा मासिक १ सय रुपैयाँ जम्मा

PRIME CA

दाङमा ‘स्मार्ट छोरी, बिहेवारी बीस वर्षपारी’ कार्यविधि पारित, २० वर्षसम्म छोरीको बैंक खातामा मासिक १ सय रुपैयाँ जम्मा

१९ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले गत साउन १ गतेपछि जन्म भएका छोरीका लागि बैंक खातामा रकम जम्मा गरिदिने भएको छ । छोरीहरुको आर्थिक र सामाजिक सशक्तिकरणका लागि जन्मेदेखि हरेक महिना रु १०० का दरले बैंक खातामा रकम जम्मा गर्ने गरी कार्यपालिकाको ९५औँ बैठकले कार्यविधि पारित गरेको हो । ‘स्मार्ट छोरी, बिहेवारी बीस वर्षपारि’ कार्यविधि पारित गरेसँगै यो लागू हुने भएको छ । 
उपमहानगरपालिकाले २०७७ साउन १ गतेपछि जन्मिएका उपमहानगरपालिकाभित्रका हरेक छोरीहरुको बैंक खातामा रकम जम्मा गर्ने उपप्रमुख माया शर्माले जानकारी दिनुभयो । त्यसका लागि चालु आर्थिक वर्षमा बजेटसमेत छुट्याइएको छ । यो सुविधा लिनका लागि छोरी जन्मिएको ३५ दिनभित्रमा अभिभावकले बालिकाको जन्मदर्ता गराएको हुनुपर्ने, बंैकमा खाता खोलेर खाता नम्बर उपमहानगरपालिकालाई उपलब्ध गराउनुपर्ने कार्यविधिमा उल्लेख गरिएको उपप्रमुख शर्माले बताउनुभयो ।
जन्मेको पहिलो महिनामा रु एक हजार २०० र त्यसपछि हरेक महिना१०० का दरले खातामा रकम जम्मा हुने उपप्रमुख आचार्यको भनाइ छ । बालिकाको नाममा खोलेको उक्त खातामा अभिभावकले समेत रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ । बालिका २० वर्ष पुगेपछि एकमुष्टरूपमा मात्रै रकम निकाल्न सकिने प्रावधान रहेको छ । 
त्यसका लागि २० वर्ष नपुग्दासम्म बिहे नगरेको र अनिवार्यरूपमा माध्यमिक तहसम्म अध्यापन गरेको हुनुपर्ने उपप्रमुख आचार्यले बताउनुभयो । बाल विवाह गरेमा भने त्यो रकम सरकारी खातामा फिर्ता हुनेछ । तत्काललाई मासिक रु १०० जम्मा गर्ने भए पनि आवश्यकताअनुसार कार्यविधि परिवर्तन गरेर रकम वढाउन सकिनेसमेत उपप्रमुख आचार्यको भनाइ छ । कार्यविधिअनुसार समयअगावै बालिकाको मृत्यु भएमा, कडा रोग लागेर माध्यमिक तह पूरा गर्न नसकेमा, संरक्षकको मृत्यु भई आर्थिक कठिनाइ भएमा भने खातामा जम्मा भएको रकम सबै दिनुपर्ने उल्लेख छ । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: