×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बल्ल पुग्यो सुदूरपश्चिममा डिएपी मल, तर अभाव कहिले सम्म ?

PRIME CA

बल्ल पुग्यो सुदूरपश्चिममा डिएपी मल, तर अभाव कहिले सम्म ?

अर्थ सरोकार

१६ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
धान काटेर गहुँ छर्ने बेला भइसक्दा समेत मल नपाउँदा किसान चिन्तित भइरहेको बेला सुदूरपश्चिमका  जिल्लामा बल्ल डिएपी मल आएको छ । डिएपी मल आएसँगै यहाँका किसानको मल किन्नका लागि पसलमा भीड लाग्न थालेको छ । 
जिल्लाको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा रहेको साजन एग्रोभेट तथा शाही एग्रोभेटले डिएपी मल ल्याएका हुन् । ती व्यापारीहरुले कम्तीमा पनि दुई÷दुई टन डिएपी मल ल्याएपछि अहिले मलका लागि किसानको भीड लाग्ने गरेको स्थानीयवासी हर्कहबहादुर बमले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा कम्तीमा पनि २५ टन मल आवश्यक पर्छ, अहिले व्यापारीले चार टन मल ल्याएपछि केही राहत भएको छ ।” कैलालीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडबाट यहाँका व्यापारीले मल ल्याएका हुन् । 
प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले कम्पनीमा मल पठाउनका लागि आग्रह गरेपछि बल्ल जिल्लामा मल आएको हो । डिएपी मल आए पनि युरिया मल भने अहिलेसम्म आउन सकेको छैन । कृषि सामग्री कम्पनी लिमिटेडमा युरिया मल नभएका कारण पठाउन नसकिएको कम्पनीले जनाएको छ । भारतबाट नै मल नआएका कारण यहाँका जिल्लामा मल पठाउन नसकिएको कम्पनीको दाबी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: