
दार्चुला । दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यासमा हिमपात भएको छ । हिमपात भएसँगै व्यासको छाङ्रु र तिङ्कर क्षेत्रमा एकाएक चिसो बढेको छ । सो क्षेत्रमा पाँच, छ इन्च हिउँ जमेको छ । ती क्षेत्रका डाँडाकाँडामा अत्यधिक हिउँसमेत परेको छ ।
चिसो बढेसँगै तिङ्करकवासी बुधबार खलङ्गा झर्दैछन् । गाउँमा चिसो ह्वात्तै बढेपछि भारतको बाटो हुँदै सौका समुदायको बसाइसराइ (कुञ्चा) खलङ्गा झर्न लागेका हुन् । छाङ्रुको कुञ्चा भने यही मङ्सिर १९ गते मात्रै झर्ने तयारी भएको स्थानीयवासी बोहराले बताए यो । जिल्लाका व्यासी, सौका समुदाय सदरमुकाम खलङ्गा झर्ने तयारी गर्दैछन् । उनीहरु नेपाली भूमि होइन कि भारतीय बाटो भएर सदरमुकाम झर्ने तयारी गरेका हुन् ।
गत चैतदेखि नेपाल भारत सीमा नाका बन्द छ । व्यासीहरु आफ्नै भूमि भएर खलङ्गा आउन सक्ने अवस्था नरहेपछि भारतीय बाटो भएर खलङ्गा झर्ने तयारी भएको व्यास गाउँपालिका–१ का वडासचिव विनोद बुढाथोकीले जानकारी दिए । बाँकी फोटोमा :






Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्