Skip to content
LAXMI SUNRISE BANK

व्यापारीले पानीको मूल्य बढाएको विषयमा अध्ययन गर्न संसदीय समितिले आफैं बजार अनुगमन गर्ने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हवाला दिँदै व्यापारीले पिउने पानीको मूल्यवृद्धि गरेको विषयमा संसदिय समितिले आफैं बजार अनुगमन गरेर विस्तृत अध्ययन गर्ने भएको छ।
संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसहितको संयुक्त टोली बनाएर बुधबारबाट पानी उद्योगको अनुगमन शुरु गर्ने तयारी गरेको हो। 
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता रवीन्द्र आचार्यका अनुसार व्यापारीले पानीको आफुखुसी मूल्य बढाएको र गुणस्तरका विषयमा समेत अनुगमन गर्नेछ। केही समयअघि पानी उद्योगीहरुले जार र बोतलको पानीमा मूल्य बढाउन व्यापारीहरुलाई पठाएको गोप्य पत्र विभागले बजारबाटै बरामद गरेको थियो।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK