- अर्थ सरोकार सम्बाददाता
चितवन । कोरोना संक्रमणबाट चितवनको भरतपुर अस्पतालमा दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१० बस्ने ७९ वर्षीय पुरुष र धादिङको निलकण्ठ नगरपालिका–३ बस्ने ६१ वर्षीया महिलाको मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले भरतपुर महानगरपालिका संक्रमितको आइतबार राति १ः२० बजे उनको मृत्यु जानकारी दिए ।
यस्तै भरतपुर अस्पतालमै उपचाररत धादिङको निलकण्ठ नगरपालिका–३ बस्ने ६१ वर्षीया महिलाको सोमबार बिहान २ः५५ बजे मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि यही कात्तिक ५ गते उनी अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् ।