
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बैंकहरुको २२ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन हुने भएको छ । धितोपत्र बजारमा ९ बैंक तथा वित्तीय संस्थाको २२ अर्ब ८० करोड रुपैयाँ बराबरको संस्थागत ऋणपत्र थपिने भएको हो । ९ बैंक तथा वित्तीय संस्थाले ऋणपत्र निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।
केन्द्रिय बैंकले २०७७ असार मसान्तभित्र आफ्नो चुक्ता पूँजीको न्यूनतम २५% बराबर अनिवार्य रुपमा ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको थियो । सोहीअनुसार २२ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन हुने भएको हो ।यता धितोपत्र बोर्डमा २०७६ साल पुस देखि २०७७ कात्तिकसम्मका आवेदन पाइपलाइमा रहेका छन् । बोर्डका अनुसार केही कम्पनीको आवेदनमा अध्ययन गरेर प्रतिक्रिया पठाइएको छ ।
केही कम्पनीको ऋणपत्र निष्काशन अनुमति उपर अध्ययन जारी रहेको बोर्डले जनाएको छ । बोर्डको पाइपलाइनमा भएका ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले ८.५ देखि १०.५ प्रतिशतसम्म प्रतिफल पाउने प्रस्तावसहितको आवेदन दिएका छन् । जसमा एनसीसी बैंकले सबैभन्दा धेरै १०.५ प्रतिशत ब्याजदर लगानीकर्तालाई दिने प्रस्ताव गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्