
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
पोखरा । तिहार शुरु भइसक्दा समेत पोखरा महानगरपालिका वडा नं. १७ विरुवा फाटका किसानहरुलाई धान काट्न भ्याई नभ्याई छ । यस वर्ष अधिकमासका कारण दशैं तिहार पछाडि धकेलिएको र धान काटने समयमा तिहार परेकोले पर्वको प्रवाह नगरी किसानहरु धान काट्न व्यस्त देखिएका हुन् ।
पोखरा महानगरपालिका वडा नं. १७ विरुवा फाटका किसानहरु यतिबेला धान काटन व्यस्त छन् । यसवर्ष धान काटने समयमा तिहार परेको छ । तरपनि किसानहरु चाडपर्वको प्रवाह नगरी वर्षभर खाने अन्न थन्क्याउन लागि परेका छन् । छिटोछिटो धान काटेर तिहार मनाउने योजनामा किसानहरु छन् । किसानहरुले यस वर्ष धानमा हाल्ने मल नपाउँदा उत्पादन कम भएको गुनासो गरेका छन् । सरकारले समयमै धान उपलब्ध नगराइदिदा आफुहरु मारमा परेको किसानहरुले बताए ।
अघिल्लो वर्षहरुमा तिहार सकिएपछि मात्रै धान काटने समय आउँथ्यो । तर यसवर्ष चाडपर्व र धान काटने समय एकैपटक परेपछि अधिकांश किसानहरु खेतमा देखिएका छन् । त्यसैले किसानहरु धान काटेर तिहार मनाउने र तिहारपछि धान उठाउने काममा लाग्ने योजनामा छन् । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्