×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीका १३ सहित ३२ जनामा कोरोना पुष्टी, कहाँ ? कति संक्रमित थपिए ? (विवरणसहित)

PRIME CA

धनगढीका १३ सहित ३२ जनामा कोरोना पुष्टी, कहाँ ? कति संक्रमित थपिए ? (विवरणसहित)

अर्थ सरोकार

१६ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
आईतबार सुदूरपश्चिममा थप ३२ जनामा कोरोना पुष्टी भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३ सय ३ जनाको परिक्षण गरिएकोमा कैलालीका २३ र  कञ्चनपुरका ९ जनासहित  ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
कैलालीको धनगढी उपमहानगरपालिकाको धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ का ५ जना, वडा नम्बर ५ का ३ जना र वडा नम्बर १, ४, ७, ८ र १२ का एक÷एक जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । 
श्रेष्ठका अनुसार कैलालीकै गोदावरी नगरपालिकाका ४ जना, टीकापुर नगरपालिकाका ३ जना, घोडाघोडी नगरपालिकाका २ जना र लम्किचुहा नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै कञ्चनपुरको बेदकोट नगरपालिका–१० का ९ जनामा समेत संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: