×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनुषामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर छठ पर्व मनाउन आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

धनुषामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर छठ पर्व मनाउन आग्रह

Artha Sarokar

२७ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
धनुषा । जिल्ला प्रशासन कार्यालय धनुषाले भीडभाड नगरी स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गर्न तथा भौतिक दूरी कायम गरी छठ पर्व मनाउन सम्बन्धित सबैमा आग्रह गरेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी जिल्ला सङ्कट व्यवस्थापन समिति र सुरक्षा समितिको बैठकको निर्णयानुसार सो आग्रह गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार समितिले सङ्क्रमणको विद्यमान स्थितिमा तिहार, छठजस्ता पर्वमा देउसी भैलो तथा जुवा-तास नखेल्न समेत सबैमा आग्रह गरिएको छ ।
त्यस्तै खोला नदी तथा पोखरीहरू भित्र नपसी छठ पर्व मनाउन बैठकबाट निर्णय गरिएको बताइएको छ । समितिद्वारा सो विपरित गरे गराए व्यक्ति विशेषदेखि राजनीतिक, धार्मिक तथा सामाजिक सङ्घ-संस्थाका पदाधिकारीलाई सङ्क्रामक रोग ऐन-२०२० बमोजिम कारवाही गरिने पनि निर्णय गरिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी